एनआरएनए नेदरल्यान्ड्सको बार्षिक साधारण सभा सम्बन्धि सुचना!!!

Published On: Sunday, January 29, 2017 | Source: NRNA-NETHERLANDS
एनआरएनए नेदरल्यान्ड्सको बार्षिक साधारण सभा सम्बन्धि सुचना!!!
आदरणीय नेदरल्यान्ड्स बासि दाजुभाई तथा दिदिबहिनि हरु,
गैर आबासीय नेपली संघ,रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सको छैंठौ बार्षिक साधारण सभा यहि मिति २०१७ जनवरी २९ तारिखका दिन हुन् गईरहेको यहाँ हरु समक्ष जानकारी गराउन चाहन्छौ।केही प्राविधिक कारणले गर्दा यस् साधारण सभा निर्धारित समय भन्दा ढिलो र छोटो समयको तयारीमा आयोजना गर्नु पर्ने भएकोले गर्दा यसबाट पर्न गएको असुविधाको लागि माफि चाहन्छौ।एनआरएनए नेदरल्यान्ड्स बर्तमान कार्यसमितिले बिगत एक बर्षको अबधिमा गरेका काम,कारबाही र प्रगति विवरण,संघको आर्थिक प्रगति विवरण,भाबी कार्यदिशा लगायत एनआरएनए नेदरल्यान्ड्सको अभियान र गतिविधिमा संगै हातेमालो गर्नुहुने सम्पूर्ण अग्रज,बुद्दिजिबी,शुभेक्षक,साधारण सदस्यहरुको विचार,सुझाब र सल्लाह तथा अन्य बिबिध बिषयमा गहन छलफल समेत हुने भएको हुदा उक्त कार्यक्रममा उपस्थित भैदिनु हुन् सबैमा सार्बजनिक अपिल गर्न चाहन्छौ।
बार्षिक साधारण सभामा उपस्थितिको लागि एनआरएनए केन्द्रिय अध्यक्ष,केन्द्रिय कार्यसमितिका पदाधिकारी ज्यु हरु,संरक्षक ज्यु हरु,विभिन्न रास्ट्रिय समन्वय परिषद बाट प्रतिनिधित्व गर्नुहुने आइसीसी सदस्य ज्युहरु एबम विभिन्न एनसिसि अध्यक्ष ज्युहरु ,नेदरल्यान्ड्स स्थित सम्पूर्ण संघ संस्था,अग्रज लगायत सबैमा निमंत्रना गरिएको जानकारी गराउदै यदि निमंत्रना प्राप्त नभएको भएपनि यसै सूचना लाइ आधिकारिक मान्दै उपस्थित भैदिनु हुन् हार्दिक अनुरोध गर्दछौ।
आउँदा दिनहरुमा एनआरएनए  नेदरल्यान्ड्सलाई अझै सुढृत गर्दै पुर्ण ब्यबस्थित रुपका साथ अगाडि बढाउन यहाहरु सबैको सुझाब, सल्लाह र मार्गदर्शन लाइ आत्मसाथ गर्दै अगाडी बढ्ने प्रतिबद्धता जाहेर गर्दै गैर-आवासीय नेपालीको अभियानलाई माया एवं भलो चाहने शुभचिन्तक तथा आम आदरणीय नेदरल्यान्ड्स बासि  नेपालीहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौ।
यस साधारण सभा सम्बन्धि थप जानाकारी र बिस्तृत बिवरणको लागि गैर-आवासीय नेपाली संघ नेदरल्यान्ड्सको वेबसाइटमा गएर हेर्न सकिने पनि उल्लेख गर्दछौ।
कार्यक्रम हुने मिति,समय र स्थान:
मिति:२०१७ जनवरी २९ (आइतबार)
समय:दिउसो १३:०० बजे देखि १८:०० बजे सम्म 
स्थान:: Club Lite,Jan Van Galenstraat 24, 1051KM  ,Amsterdam
भवदीय 
-गैर आबसिय नेपाली संघ 
रास्ट्रिय समन्वय परिषद 
नेदरल्यान्ड्स परिवार