सन्दर्भ: लोकतन्त्र दिवस र युएई (लेखक: हरि खड्का)

Published Date: Monday, March 13, 2017 | Source: NRNA NETHERLANDS

२०६३ सालको लगातार १९ दिनको अनवरत संघर्ष पछि प्राप्त भएको लोकतन्त्रले एक बर्षपुरा गरेको खुशीयालीमा देश बिदेशमा लोकतन्त्र दिवस मनाएका समाचारहरु प्राप्त भईरहेका छन् । यसै सिलसिलामा युनाईटेड अरवर् इमिरेट्स (यु.र्एर्.इ) मा पनि नेपाली राजदूतावासको सक्रियतामा फुडल्याण्ड रेष्टुरेण्ट, आवुधावीमा युएइस्थित बिभिन्न संघ संस्था, व्यापारी, बुद्धिजिवी तथा पत्रकारहरुको व्यापक सहभागितामा भव्यताका साथ लोकतन्त्र दिवस मनाइयो । युएईका बिभिन्न संघ संस्थाका प्रतिनिधीहरुलाई बक्ताकोरुपमा चयन गरिएको उक्त कार्यक्रममा लोकतन्त्र दिवसको बारेमा आआफ्ना धारणा राख्ने क्रममा प्रायः बक्ताले राजा, राजनैतिक नेता तथा राजदूतावासको खुलेर आलोचना गरी सच्चा लोकतान्त्रिक परिपाटीको बिकाश हुनुपर्नेमा जोड दिएको पाईयो भने राजदूतावासवाट पनि लोकतन्त्रकै अनुशरण गरी जनतामुखी हुने कुरामा सबैलाई बिश्वास दिलाई काँधमा काँध मिलाई जाने बचनबद्धता पनि व्यक्त गरियो । 

नेपालका बिगतका जनआन्दोलनहरुमा नेपाली आमाका बीर सपूतहरुले बीरगती प्राप्त गरी बिभिन्न समयमा बिभिन्न राजनैतिक परिवर्तनहरु ल्याएता पनि तिनै बीर शहिदको सपना र लक्ष्य साकार नभएको तथा जनताले चाहेको वास्तविक लोकतन्त्र प्राप्त नभएको र शहिद र घाईते प्रति औपचारिक कार्यक्रममा मात्र सम्झना गर्ने परिपाटीलाई त्यागी शहिद तथा र्घाईतेका परिवारलाई युर्एइवासी नेपालीहरुवाट आर्थिक सहयोग गर्ने हेतुले उक्त कार्यक्रममा उपस्थित महानुभाववाट १,५५३ धिराम (करिव नेपाली २८ हजार) चन्दा सहयोग जुटाई राजदूतावास मार्फत पठाउनुलाई अवश्य नै सकारात्मक लिनु पर्छ । 

बिगत बर्षको जनआन्दोलनका घाईतेहरुको उपचारकोलागि युर्एइको आवुधावीस्थित प्रबासी नेपालीहरुवाट आन्दोलनको समयमा नै रु ३३,५०० आर्थिक सहयोग रकम संकलन गरी आन्दोलनमा एक्येबद्धता तथा सहानुभूतिपुवक सहयोग रकम हस्तान्तरण गरिएको थियो । करिव १ लाख २० हजार नेपालीको उपस्थिती रहेको र त्यसकै अनुपातमा दर्जन भन्दा बढी सामाजिक संघ संस्था रहेको युर्एइवाट आवश्यक समन्वयको अभावले गर्दा यस्ता समाजिक कार्यमा सोचे जति सहयोग पुर्‍याउन नसकिएकोलाई बिडम्बनाको रुपमा लिनु पर्ने हुन्छ र यसलाई हामी नेपालीको काम भन्दा कुरा धेरै गर्ने प्रबृत्तिसंग तुलना गरेर हेर्दा अन्यथा हुने छैन । 

आज एकातिर युएइमा भव्यताका साथ लोकतन्त्र दिवस मनाइएको छ भने अर्कोतिर राज्यवाट उपेक्षित हामी नेपालीहरु दिनको १२ देखि १६ घण्टासम्म न्यून तलवमा काम गर्नुपर्ने तथा कामको असुरक्षा र समयमा तलव नपाउने पिडाले छटपर्टाईरहेका छौ । बिरामी र लाशहरु अस्पतालमा अलपत्र परेको र बिभिन्न कारणवाट जेलमा सड्न बाध्य नेपालीहरुलाई लोकतन्त्र दिवसको आभास सायदै भयो होला ।

बिगत १२ बर्षको आन्तरिक संर्घषको अन्त्य तथा लोकतन्त्र स्थापनाकोलागि सात राजनैतिक पार्टी माओवादी शक्ति बीच भएको १२ बुंदे सहमतिलाई कार्यान्वयन गर्दै १९ दिने जनआन्दोलनमा उठेको जनलहर तथा जनसहभागिताले बिश्वलाई नै चकित बनाई दिएको थियो भने जनताहरु स्वतःस्फूर्तरुपमा सडकमा होमिएका थिए र लोकतन्त्रको नाराले देश गुन्जायमान भएको पर्रिप्रेक्षमा राजा ज्ञानेन्द्रवाट प्रंतिनिधी सभा पुनःस्थापना भई नेताहरुले आन्दोलनलाई स्थागित गरे । 

तर आज जनआन्दोलन पश्चात सरकार र माओवादी बीच बृहत शान्ति सम्झौता भई प्रतिनिधी सभाको घोषणा सहित माओवादी संसदीय पद्धतीमा समावेश भएको र सरकारमा समेत सहभागी रहेको स्थितीमा हतियारको खुल्ला प्रदर्शन, अपहरण, लुटपाट तथा माओवादीवाट कव्जा गरिएको नागरिकका सम्पति फिर्ता नहुनुलाई भने लोकतन्त्रको उपहास मान्न सकिन्छ । मधेसी, जनजाती, महिला तथा दलितहरुको मागलाई राज्यवाट उचित संबोधन हुन नसकी आज देश आन्दोलित बनिरहेकोमा सरकारमा सहभागी पार्टी मूकदर्शक बनेका छन् । 

सरकारमा सहभागी दलहरुले संबिधान सभाको निर्वाचनको पूर्वाधार तयार गर्न सकेका छैनन् भने बिभिन्न माग राखी हतियार उठाएका बिद्रोहीको मागलाई सरकारवाट वेवास्ता गरी राजनीतिको मुलधारमा ल्याउन नसक्नु र दिनहूंको बन्द तथा हडतालवाट जनताहरुले अवश्य नै लोकतन्त्रको आभास गर्न सकेको पाईदैन । 

लोकतन्त्र पश्चात पनि नेताहरु असक्षम बन्दै गई भ्रष्टचार र कमिशनतन्त्रमा लिप्त हुनु, कर्मचारी तन्त्रमा घुसखोरी, नातावाद कृपावाद फष्टाउनु र बिभिन्न वहानामा संसदको कारवाही अघि बढ्न नसक्नु तथा लोकतन्त्रको नाममा अल्पमतलाई उपेक्षा गरिनु अवश्य नै लोकतन्त्रका शुभ संकेत होईनन भने रायमाझी आयोगले दोषी ठहराएकालाई कारवाही नहुनु, आन्दोलनका शहिद र र्घाईतेका परिवारलाई सामाजिक र आर्थिक सुरक्षा प्रदान गर्न नसक्नु र शहिदको सपना र आकांक्षालाई क्रमश बिर्सदै जानुलाई सरकारको लाचारीपनसंग तुलना गर्न सकिन्छ । नागरिकता जस्तो संबेदनसील बिषयलाई बिश्लेषण नै नगरी हचुवामा नागरिकता बिधेयक पास गरी अनधिकृतले नागरिकता प्राप्त गर्नु, द्धन्द पिडितलाई पुनर्वासको व्यबस्था गर्न नसक्नु, संबिधान सभाको चुनाव हुन नदिन बिदेशी चलखेल बृद्धि भएको भनी लाचारी देखाउनु र दलहरुले नै चुनावको वातावरणको सृजना नगरी सधै प्रजातन्त्रमा खतरा देख्ने नेताहरुको प्रबृत्ति नै आजको लोकतन्त्रका मुल समस्या हुन् । 

नेपालको इतिहासमा जनताले बारम्बार राजनैतिक नेताहरु माथि भरोसा गर्दै आन्दोलनमा सहभागी भएका छन् र नेताहरुवाट नेपाली जनतालाई बारम्बार धोका दिने काम रोकिएको छैन । २०४७ सालको आन्दोलनपछि प्राप्त प्रजातन्त्रको रक्षा गर्न नेताहरु असक्षम सावित भएको र भ्रष्टचार, कमिशनतन्त्र तथा नातावाद कृपावादले गर्दा नै राजा ज्ञानेन्द्रलाई शक्तिको चलखेल गर्न सजिलो भएको थियो भने माओवादीलाई पनि सरकारको गलत रवैया र राजनैतिक अदूरदर्शीताले जनमत प्राप्त गर्न सजिलो भई ठूलो धनजनको क्षति बेहोर्नु पर्‍यो भने जनताहरु फेरी २०६३ सालको जनआन्दोलनमा होमी कैयौँ नेपाली आमाका छोराहरु शहिद भएर पुनः नेपालकोर् इतिहासमा पानाहरु थपिए । 

२०६३ सालको जनआन्दोलन पश्चात नेताहरुवाट बिगतमा आफुले गल्ती गरेको र अव आयन्दा गल्ती नदोहोराउने प्रतिबद्धता व्यक्त गरेपनि व्यबहारमा देखाउन नसकेको, नेताहरु क्रान्तिकारी बन्ने होडमा ठूला ठूला भाषण गर्ने र कुर्सीको वाँडफाँडमा बिगतको एक बर्षगुज्रिएको पाईन्छ । २०६३ साल भन्दा पहिला नेपालमा एक मात्र राजा थिए भने आज आएर आठ पार्टी आठ राजा भएको र त्यसमध्ये पनि तीन पार्टी तीन महाराजा भएको जनताले महशुस गरेका छन् । लोकतन्त्र पश्चात गठन भएको अन्तरिम सरकारका मन्त्रीहरुले सम्पतिको बिबरण नदिई गैह्र जिम्मेवार र अराजक बन्दै गएका छन् । 

जनआन्दोलनमा नागरिक समाजवाट आन्दोलनलाई अन्तिम बिन्दुमा पुर्‍याउन अहमं भूमिका निर्वाह गरेता पनि बिगत एक बर्षा नागरिक समाज प्रायः निश्कृय देखिएको छ, जसलाई शुभ संकेत मान्न सकिन्न । आज देश एउटा र सरकार दुई वटा देखिएको छ, एकले राजदरवारवाट र अर्कोले सिंहदरवारवाट शासन गरेको पाईनुलाई जनता र्रर् इतिहासले कसरी मूल्यांकन गर्छन, त्यो त हेर्न बांकी नै छ । 

हालको स्थितीमा नेताहरुको कार्यशैली प्रति जनताहरुमा बितृष्णा पैदा भएको, स्वयं राजनैतिक पार्टीभित्र लोकतान्त्रिककरण नभएको अवस्थामा लोकतन्त्रको उपलव्धिमा सन्तोष मानेर बस्ने अवस्था पक्कै छैन । समयमा लोकतन्त्र बारे जनतालाई सुसुचित गर्नु पर्छ जसले आगामी संबिधान सभाको निर्वाचनमा सकारात्मक भूमिका निर्वाह गर्छ । लोकतन्त्रको संस्थागत बिकाश र नेताहरुको कार्यशैलीमा परिवर्तन नल्याई नयाँ नेपालको परिकल्पना गर्न सकिदैन । तर्सथ, नेतृत्वपक्तिमा राजनैतिक प्रतिबद्धता तथा जवाफदेही हुने संस्कृतिको बिकाश नभएमा राजनैतिक अराजकता र अनिश्चितता हुन गई आगामी संबिधान सभाको निर्वाचनको भबिष्य अन्यौलमा रहनेछ । 

आफु मात्र राम्रो, आफुले गरेको ठीक, अरु नराम्रो र अरुले गरेको बेठीक भन्ने प्रबृत्ति त्यागी अल्पमतलाई पनि लोकतन्त्रमा उचित स्थान दिंदै नागरिकहरुको पूर्ण सहभागिता तथा नेपाली जनताको आकाक्षालाई संबोधन गरी नेताहरुमा आपसी एकता सुदृढ हुनुपर्ने र दलीय स्वार्थ भन्दा माथि उठी देश र जनताप्रति समर्पित हुनु नै सच्चा देश सेवा मानिनेछ । 

हरि खड्का
दुलेगौडा ७, तनहुँ
हाल आवुधावी, युएई 
मोवाईल नं. ९७१ ५० ६८१५२६०
Email: harinp@emirates.net.ae