नेपाली राजदूतावास र एन आर एन नेदरल्याण्डद्वारा एम्बेस्सी फेस्टिवलमा सहभागिता।

Published On: Sunday, September 2, 2018 | Source: NRNA NETHERLANDS
डेन हाग, सेप्टेम्बर 2018
नेदरल्याण्डको द हेग(डेन हाग) शहरमा १ सेप्टेम्बर २०१८ मा भएको भएको एम्बेस्सी फेस्टिवलमा नेपालले प्रभावकारी रुपमा सहभागिता जनाएको छ।
विगतका बर्षहरुमा नेपाली राजदूतावासको एकल पहलमा सहभागिता हुँदै आएको एम्बेस्सी फेस्टिवलमा नेपालमा पर्यटन बिकास र विदेशमा नेपाली सस्कृतिको पहिचानका लागि विशेष पहल गर्दै आएको   एन आर एन नेदरल्याण्डले कार्यक्रममा हातेमालो गर्ने इच्छा जाहेर गरेपछि ब्रसेल्स स्थित  बेनेलुक्सका राजादूतावासले सहकार्य गर्न इेच्छुक भै संयुक्त रुपमा कार्यक्रम गरिएको थियो। एन आर एन नेदरल्याण्ड आयोजककै भूमिकामा रहेको उक्त कार्यक्रममा विगतका बर्षहरुमा भन्दा आकर्षक र उल्लेखनिय रुपमा धेरै संख्यामा नेपालीहरुको उपस्थिती रहेको जनाइएको छ।
नेदरल्याण्ड स्थित नेपाली सांगितिक समुह हिमचुलीलद्वारा नेपाली गीत संगीत र अन्तररास्ट्रिय कलाकार मन्च नेदरल्याण्डको तर्फबाट आकर्षक नृत्य प्रस्तुत गरिएको उक्त कार्यक्रममा बेनेलुक्सका महामहिम राजदूत लोक बहादुर थापा लगायत नेपाली राजदूतावासका कर्मचारीहरु, एन आर एन नेदरल्याण्डका अध्यक्ष  ठाकुर प्रसाद शर्मा(मनोहरी), एन आर एन नेदरल्याण्डका संस्थापक अध्यक्ष शशी पौड्याल, एन आर एन  आइ सि सि सदस्य नारायण आचार्य, तथा हिमाल गुरुङ लगायत नेदरल्याण्ड स्थित  विभिन्न नेपाली संघ सस्था का प्रतिनिधिहरुको उपस्थिती रहेको थियो।
कार्यक्रमलाई सफल बनाउनका लागि निरज विष्टको संयोजकत्वमा हिमाल गुरुङ , ठाकुर प्रसाद शर्मा (मनोहरि) , जितेन्द्र कुमार श्रेष्ठ , मिम पुर्जा सदस्य रहने गरी समूह गठन गरी व्यबस्थापनको चाजोपाजो मिलाइएको थियो।
फेस्टिवलमा नेदरल्याण्डमा बसोवास गरीआउनु भएका नेपालीहारुद्वारा विभिन्न जातीय तथा क्षेत्रीय पोशाकका साथसाथ नेपली मौलिकता झल्कने भेषभुषा प्रदर्शन गरिएको थियो भने सांगितिक मन्च भन्दा बाहिर पनि नेपाल समाज नेदरल्याण्डका नवनियुक्त अध्यक्ष नारायण रिजाल र हिमचुली सांगितिक समुहका राम बुढाथोकीको समेतको सांगितिक समूहको संगितमा अन्तरराष्ट्रिय कलाकार मन्च नेदरल्याण्डका अध्यक्ष सरिता हुमागाइ समेतको सांस्कृतिक टोलिले नेपाली नृत्त्य प्रदर्शन गरी दर्शकहरुको मन जित्न सफल भएको थियो।
नेपाली कन्सुलेट, नेपाली राजदूतावासले स्टल राखी नेपाल भ्रमण बर्ष २०२० को पोस्टर व्यानर तथा पर्यटनका लागि आकर्षक नेपालका फोटो वितरण गरी नेपाल र नेपालीलाई विश्व सामु चिनाउने कार्य गरेको थियो। उक्त कार्यमा निशान सापकोटा, खुश्बू शर्मा, सरु श्रेष्ठ, सविना श्रेष्ठ लगायतका स्वमसेवकहरुबाट राजदूतावास र नेपाली कन्सुलेटको कार्यमा सहयोग गरेका थिए।
व्यानर पोस्टर लगायत पर्यटन प्रबर्दनका सामाग्रीहरु र एन आर एन नेदरल्याण्ड तथा नेदरल्याण्ड्का लागि पर्यटन दूत एवं नेपाल बिकास प्रतिष्ठानका अध्यक्ष  शशी पौड्यालद्वारा उपलब्ध गराइएको थियो।
कार्यक्रम स्थलमा नेपाली खाना(म:म)को स्टल राखी पुर्व आइ सि सि सदस्य तथा व्यवसायी फणिन्द्र पन्त द्वारा नेपाली खानाको प्रवर्दन गर्नु भएको थियो भने फेस्टिवलमा उपस्थित नेपालीहरुलाई नि:शुल्क पानीको लागि व्यबसायी श्रीधर पाण्डेद्वारा सौजन्यता प्रदान भएको थियो भने राजेन्द्र शर्माद्वारा व्यबस्थापन गरिएको थियो।
बृहत्तर नेपालीहरुको उत्साहका साथ उपस्थिती भएको उक्त फेस्टिवल भव्य र सभ्य रुपमा  सफल भएको कुरा एन आर एन नेदरल्याण्डका अध्यक्ष मनोहरी शर्माद्वारा जानकारी दिदै कार्यक्रम सफल बनाउनको लागि जिम्मेवारी पुरा गर्ने हरेक भूमिकामा रहनु हुने व्यक्तित्वहरुलाई एन आर एन नेदरल्याण्डको तर्फ बाट हार्दिक धन्यवाद प्रकट गर्नु भएको छ।   
श्रोत; एन आर एन नेदरल्याण्ड