एन आर एन नेदरल्याण्डले चेलीहरुलाई तीजको दर खुवाउने।

Published On: Saturday, September 1, 2018 | Source: NRNA NETHERLANDS
आम्स्टर्डम, १ सेप्टम्बर २०१८
महिलाहरुको महान चाड भनेर चिनिने हरितालिका(तीज)मा नेदरल्याण्डमा बसोबास गर्नु हुने सम्पूर्ण महिला दिदिबहिनी, छोरी चेली तथा आमाहरुलाई एन आर एन नेदरल्याण्डको तर्फबाट दर खुवाइने भएको छ।
विगतका वर्षहरुको परम्परालाई निरन्तरता दिदै यस बर्ष पनि हरितालिका(तीज)मा महिलाहरुलाई दर खुवाइ नाच गानको व्यबस्था गरिएको छ।
जन्मस्थलदेखी धेरै टाढा रहे पनि एन आर एन ले यसरी बेलाबेलामा आयोजना गर्ने कार्यक्रमले नेदरल्याण्डमा बसोबास गर्ने महिला दिदिबहिनीहरु विचको सदभाव बढाउनुको साथै विदेशमा हुने व्यस्त जीवनको विचमा उर्जा थप गर्ने गरेको महिला दिदीबहिनीहरुको अनुभव छ।
यसरी गरिने कार्यक्रमबाट पुरुषहरुले महिलाहरुको मनोरन्जनको व्यबस्थामा खटिन पाउदा एकातर्फ आत्म संतुष्टीको महसुश गर्न पाउने र अर्कोतर्फ परम्परालाई निरन्तरता दिदै संस्कृति जगेर्नाको लागि समेत टेवा पुग्ने हुँदा महिलाहरुको मनोरन्जनको व्यबस्था गर्न पुरुषहरु अहोरात्र खटिएका छन।
महिलाहरुको चाड भएको हुँदा महिला बालबालिकाहरुको लागि नि:शुल्क प्रवेशको व्यब्स्था गरिएको भए पनि खर्च व्यपस्थापनमा सहजता गराउन पुरुषहरुको हकमा न्युनतम शुल्क €१० लगाउने निर्णय सर्वसम्मतिबाट लिइएको छ।
महिलाहरुको लागि दर खुवाउने उक्त कार्यक्रममा नेदरल्याण्ड स्थित तपशिलका विभिन्न रेस्टुराँ व्यबसायिहरुबाट स्वत: स्फूर्त रुपमा खानाको सौजन्य प्राप्त भएको छ।
सौजन्य प्रदान गर्ने रेस्टुराँहरु;
माउन्ट एभरेष्ट                         हिमालय प्यालेस                            अशोका किंकर                             अशोका सेन्ट्रुम
हिमालय होर्न                          काठमाडौं किचन                           ईण्डियन डिनर रेस्टुराँ                     एसियन फ्युजन किचन
उक्त अवसरमा महिलाहरुको शृङ्गार र सुन्दरतामा कुनै असर नपरोस भन्ने उद्देश्यले १६:०० बजे देखी १९:०० बजेसम्म ब्युटिसियन तथा ड्रिम ब्युटी हेयर सैलुनकी संचालिका दीपा तामाङद्वारा  पोशाक, कपाल तथा सामान्य मेकअप करेक्सन नि:शुल्क रुपमा र कस्मेटिका प्रयोग हुने मेकअपमा न्यूनतम शुल्क लिएर मेकअप गरिनुका साथै महिलाहरुलाई छाला तथा कपाल सुन्दरता सम्बन्धि समस्याको नि:शुल्क सल्लाहको समेत व्यबस्था गरिने भएको छ।
एन आर एन महिला फोरमको बिशेष पहलमा गर्न लागिएको  यस कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न गराउनको लागि निम्न मिती, समय र स्थानमा बृहत उपस्थितीका साथ भरपूर मनोरन्जन लिन सम्पूर्ण नेपाली समुदायमा एन आर एन द्वारा हार्दिक अपिल गरिएको छ।
 
अध्यक्ष
तथा
गैर आबासीय नेपाली संघ नेदरल्यान्ड्स परिवार।
कार्यक्रम समयतालिका;
समय : १६:००- ११:०० बजे सम्म 
मिती सेप्टेम्बर २०१८ शनिवार
स्थान: Geldershoofd 80, 1103 BG Amsterdam ( NO LIMIT )
नि:शुल्क पार्किङ