एनआरएन नेदरल्याण्डको कार्यालय उद्घाटन

Published On: Thursday, August 2, 2018 | Source: NRNA NETHERLANDS
नेदरल्याण्डस्। एनआरएन नेदरल्याण्डसले आफ्नो भवनको उद्घाटन गरेको छ । केन्द्रीय अध्यक्ष भवन भट्टको प्रमुख आतिथ्यतामा कार्यालयको उदघाटन तथा अन्तरक्रिर्या कार्याक्रम सम्पन्न गरेको हो ।
एनआरएनको ११ औ युरोपेली बैठकमा युरोप रहेका भट्टले युरोपका एनसीसीहरुसंग अन्तक्रिर्या कार्याक्रम गर्ने मौका जुरेकोमा खुशी ब्यक्त गरे ।
लामो समय देखि आफ्नो भवन तथा कार्यालय नहुनुको पिडाअव अन्तय भएको नेदरल्याण्ड्सका अध्यक्ष मनहरि शर्माले बताए । नेदरल्याण्ड स्थित नेपाली समुदाय र केन्द्रिय अध्यक्ष विच एनआरएनका समसामयिक बिषय र एनआरएनका भावी योजनाका बारेमा अन्तरकृया कार्यक्रम समेत राखिएको थियो।
कार्यालय आफ्नै नहुँदा झोलामा कार्यालय बोकी हिंड्नु पर्दाको लामो समय देखीको पिंडा अन्त्य गर्ने यस् कार्यालयको उद्घाटन केन्द्रीय अध्यक्षबाट भएकोमा शर्माले खुशी ब्यक्त गरे ।
कार्याक्रममा एनआरएन युरोप सह–संयोजक एकराज गिरी, होनरी काउन्सिल सदस्य गोविन्द सुबेदी लगाएतका एनआरएन अभियन्ताहरुको उपस्थित रहेको थियो ।
(source:hamrokalam.com)