एन आर एन नेदरल्याण्डको कार्यालय उद्घाटन र अन्तरकृया कार्यक्रम।

Published On: Wednesday, August 1, 2018 | Source: NRNA NETHERLANDS
आम्स्टर्डम, १ अगस्त २०१८
गैर आबासीय नेपाली संघ केन्द्रिय समन्वय परिषद अध्यक्ष श्री भवन भट्ट ज्यूको प्रमुख आतिथ्यमा गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कार्यालय नेदरल्याण्डको कार्यालय उद्घाटन हुने भएको छ।
एघारौ यूरोपिय क्षेत्रिय भेलालाई सम्बोधनको क्रममा अध्यक्ष भट्ट यूरोप भ्रमणमा रहनु भएको अवसर पारेर एन आर एन नेदरल्याण्डले कार्यालय उद्घाटनको चाजो पाजो मिलाएको हो।
यसै अवसरमा नेदरल्याण्ड स्थित नेपाली समुदाय र केन्द्रिय अध्यक्ष विच एन आर एन का समसामयिक बिषय र एन आर एन का भावी योजनाका बारेमा अन्तरकृया कार्यक्रम समेत राखिएको छ।
एन आर एन नेदरल्याण्डको आफ्नै कार्यालय नहुँदा झोलामा कार्यालय बोकी हिंड्नु पर्दाको  लामो समय देखीको पिंडा अन्त्य गर्ने यस् सुनौलो उद्घाटन अवसरमा उपस्थित भै कार्यक्रमको शोभा बढाइदिनु हुन र एन आर एन का वर्तमान तथा भावी योजनाका सम्बन्धमा भएका आफ्ना जिज्ञासा भए मेटाउन पाउने अन्तरकृया कार्यक्रममा निम्न मिती, समय र स्थानमा सहभागी भै दिनु हुन एन आर एन नेदरल्याण्ड स्थित सम्पूर्ण नेपाली संघसंस्था तथा समस्त नेदरल्याण्डवासी नेपाली समुदायहरुमा हार्दिक अनुरोध गर्दछ।
 
कार्यतालिका:
मिति :- अगस्त , २०१८ बिहिबार
कार्यलय उदघाटन
समय:-  बिहान ११:00 बजे
 
अन्तरक्रिया
समय:-  दिउंसो १३ :०० बजे
स्थान :- Kruisweg -587 , 2132  NA , Hoofddorp 
गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद, नेदरल्याण्ड