क्रिकेटमा नेपाल-नेदरल्याण्ड विच सिधा प्रतिस्पर्धा।

Published On: Tuesday, July 31, 2018 | Source: NRNA NETHERLANDS

आम्स्टर्डम ३१ जुलाई २०१८,

यही आउने अगस्त १ र ३, २०१८ मंगलवार र शुक्रवारका दिन नेदरल्याण्डको आम्स्टर्डममा हुने एक दिवसीय क्रिक्रेट प्रतियोगितामा  नेपाल र नेदरल्याण्ड विच कडा प्रतिस्पर्धा हुने भएको छ।

पछिल्लो समयमा उत्कृष्ट खेल प्रदर्शन गर्दै आएको नेपाली क्रिकेट टोलीले एम्स्तलभेन स्थित VRA क्रिकेट मैदानमा हुने उक्त खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्ने आशा गरिएको छ।

उक्त खेलमा उपस्थित भै नेपाली सहभागी खेलाडीहरुलाई हौसला प्रदान गर्नको लागि एन आर एन नेदरल्याण्डले सामाजिक संजाल तथा बिभिन्न माध्यमबाट नेदरल्याण्डमा रहनु हुने सम्पूर्ण नेपाली समुदायहरुमा आव्हान गर्दै आइरहेको छ।

खेल पूर्व र पश्चात नेपाली क्रिकेट टोली सँग प्रत्यक्ष भेटघाट समेतको अवसर मिल्ने हुँदा नेपाली क्रिकेट खेलाडीका प्रसंशकको लागि यो सुनौलो मौका पनि हुनेछ।

खेल मैदानमा उत्रेका खेलाडीहरुको लागि जित मूल लक्ष्य हो भने दर्शकहरुको समर्थन र उत्कृष्ट खेल प्रदर्शनको महसुस प्रेरणाको मुख्य श्रोत हुने हुँदा निम्न स्थान र समय तालिका अनुसार उक्त खेलमा उपस्थित भै खेलाडीहरुको मनोवल उच्च गराइदिनु हुन सम्पूर्ण नेपाली समुदायहरुमा एन आर एन नेदरल्याण्ड पुन: अनुरोध गर्दै नेपाली क्रिकेट टोलीलाई खेलको सफलताको शुभ-कामना व्यक्त गर्दछ ।

🏆 ODI Series‬
🏏 NED 🇳🇱 vs NEP 🇳🇵
🗓 1 & 3 August 2018‬
🕰 11:00 am CEST‬
📍 VRA Cricket Ground Amstelveen‬
🎟 €10 | Buy tickets at the gate‬

एन आर एन नेदरल्याण्ड परिवार।