१६औं गोर्खाकप फूटवल प्रतियोगितामा "टिम होल्याण्ड"

Published On: Thursday, May 24, 2018 | Source: NRNA NETHERLANDS
आम्स्टर्डम २४ मे २०१८, 
२७ मे २०१८ मा बेलायतमा हुन गैरहेको १६औं गोर्खाकप फूटवल प्रतियोगितामा गैर आवासिय नेपाली संघ(NRNA) नेदरल्याण्ड र भुटानिज कम्युनिटी इन नेदरल्याण्ड(BCN) को संयुक्त टोलिले "टिम होल्याण्ड"/("TEAM HOLLAND") को नाम बाट प्रतियोगितामा सहभागी हुने भएको छ।
Team Holland ले २७ मे मा Queens Avenue Sport Field मा समूह “डि” बाट Brigade Boys Club(BBC), Bhai United1 RGR Dreams Team संग प्रतिस्पर्धा गर्नेछ।
प्रतियोगितामा प्रवेश शुल्क वापत बुझाउनु पर्ने रकमको जिम्मेवारी एन आर एन नेदरल्याण्डले बहन गरेको छ भने खेलाडीहरुलाई बस्न खानको व्यबस्थाको जिम्मा एन. आर. एन. आइ. सि. सि. सदस्य हिमाल गुरुङको पहलमा गुरुङ समाज यू. के. ले लिएको जानकारी प्राप्त भएको छ। त्यसै गरी खेलाडीहरुलाई स्थानिय स्तरमा आवश्यक पर्ने सम्पूर्ण सहयोग गर्ने वचनवद्दता समाजसेवी जसराज चेम्जोङबाट प्रकट भएको जानकारी प्राप्त भएको छ। 
संयुक्त टिमको संयोजकत्व भुटानिज कम्युनिटी इन नेदरल्याण्ड(BCN)का अध्यक्ष डि. पि. मैनालीले गर्नु भएको छ।
BCN र NRNA को संयुक्त टिम भै अन्तरराष्ट्रिय स्तरको खेलमा सहभागी हुन लागेको यो नै पहिलो पटक हुने कुरा एन आर एन नेदरल्याण्डका अध्यक्ष ठाकुर प्रसाद शर्मा तथा संयोजक एवं भुटानिज कम्युनिटी इन नेदरल्याण्डका अध्यक्ष डि. पि. मैनालीबाट संयुक्त रुपमा जानकारी गराइएको छ।
प्रतियोगितामा सहभागी हुन जाने टिमलाई अध्यक्ष शर्माले गैर आवासिय नेपाली संघ नेदरल्याण्डको तर्फबाट खेलको सफलताको शुभकामना व्यक्त गर्नु भएको छ।
स्रोत;
गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय परिषद , नेदरल्याण्ड