नेदरल्याण्डमा नेपाली हास्य फिल्म "शत्रु गते" SHATRU GATE प्रदर्शन

Published On: Sunday, May 20, 2018 | Source: NRNA NETHERLANDS
आम्स्टर्डम, २० मे २०१८,
गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती नेदरल्याण्डले आपतकालिन राहतकोष  संकलनको निमित्त नेपाली हास्य फिल्म "शत्रु गते" SHATRU GATE प्रदर्शन गरेको छ।
मदनकृष्ण श्रेष्ठ, हरिबंश आचार्य, दिपकराज गिरी, दीपा श्री निरौला, शिवहरी पौडेल, किरण के सि, बसुन्धरा भुषाल, राजाराम पौडेल, प्रियंका कार्की लगायत चर्चित र हास्य कलाकारहरु द्वारा अभिनित चलचित्र हेर्न आम्स्टर्डम स्थित FC HYENA फिल्म हलमा आशा गरिए भन्दा धेरै दर्शकहरुको उपस्थित्ती रहेको थियो।
हास्यव्यङगले भरिपूर्ण, भरपूर मनोरन्जनात्मक तथा चेतनामूलक चलचित्र हेरिसके पछि नेपालीहरुको सामुहिक उपस्थितीमा फिल्म हेरेको अनुभवले आफू नेपालमै रहेको आभास दिलाएको र एन आर एन नेदरल्याण्डले आयोजना गरेको यस्ता कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिनुपर्ने दर्शकहरुको प्रतिकृया रहेको थियो।
हलको क्षमता भन्दा केही बढी नै टिकट विक्री भए पनि पहिलो शो मा नै इच्छुक सबै दर्शकहरुलाई टिकट पुग्न नसकेको हुँदा चलचित्र सन्चालनको निमित्त न्युनतम दर्शकहरु बाट टिकट माग भै आएमा दोश्रो शो को लागि पहल गर्न सकिने चलचित्र शो व्यपस्थापन संयोजक तथा एन आर एन नेडरल्याण्डका अध्यक्ष ठाकुर शर्माद्वारा जानकारी गराइएको छ।
नेदरल्याण्डको नेपाली समाजको ईतिहासमा विदेशी व्यबसायिक र आधुनिक फिल्म हलमा नेपाली फिल्म देखाइको  यो नै पहिलो भएको र पहिलो चलचित्र शो को प्रदर्शन पूर्ण सफलताका साथ सम्पन्न भएको कुरा पनि जानकारी दिइएको छ।  
टाढाटाढाबाट समेत उत्साहका साथ प्रदर्शन हलमा उपस्थित भै उक्त कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण दर्शकहरु, टिकट बिक्रिमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोयी हातहरु र कार्यक्रम व्यवस्थापनमा सहयोग गर्नुहुने सम्पूर्ण एन आर एन कार्यसमितिका सदस्यहरुलाई समेत एन आर एन नेदरल्याण्ड धन्यवाद व्यक्त गर्न चाहन्छ।
अध्यक्ष
गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय समिती, नेदरल्याण्ड