आपतकालिन राहतकोष व्यबस्थापन समिती गठन

Published On: Sunday, May 13, 2018 | Source: NRNA NETHERLANDS
          गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती नेदरल्याण्डले आपतकालिन राहतकोष  संचालनार्थ आपतकालिन राहतकोष व्यबस्थापन समिती गठन गरेको छ। आम्स्टर्डम होफदोर्प स्थित संघको कार्यालयमा मिती १३ मे २०१८ मा नेदरल्याण्डमा रहेका विभिन्न नेपाली सामाजिक तथा राजनीतिक संघसंस्थाहरुका पूर्व तथा वर्तमान अध्यक्षहरु, व्यबसायीहरु तथा समाजका प्रबुद्द वर्गहरु समेतको वृहत्तर सर्वदलिय उपस्थितीका विच गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती नेदरल्याण्डका अध्यक्ष पदेन संयोजक र नेदरल्याण्ड स्थित नेपाली सामाजिक तथा राजनैतीक संघसंस्थाका अध्यक्षहरु पदेन सदस्य रहने गरी कोषाद्यक्ष मिम पुर्जा तथा सदस्य सचिव अमीर देवकोटालाई चयन गरेको कुरा एन आर एन नेदरल्याण्डका अध्यक्ष ठाकुर प्रसाद शर्माले जानकारी गर्नु भएको छ।
 
           उक्त समिति आवश्यकता अनुसार थपघट गर्नुका साथै सल्लाहकारको आवश्यकता महशुस गरिएमा बिषयगत क्षेत्रमा अनुभवी व्यक्तिलाई सल्लाहकारमा नियुक्ती गर्न सकिने कुरा समेत  जानकारी गराइेको छ।आपतकालिन राहतकोष व्यबस्थापन समितिको काम कारवाही व्यबस्थित रुपले संचालन गर्नको निमित्त आवश्यक विधान वा नियमावली मस्यौदाको निमित्त शालिक गौतम, राजेन्द्र कुमार शर्मा , निरोज बिष्ट, सुनिल गुरुङ, अमिर देवकोटा सहितको ५ सदस्यीय विधान समिति समेत गठन गरिएको छ।
 
उक्त समितिले मस्यौदा गरेको नियमावली कार्यसमितीमा पेश भै अनुमोदन भएपश्चात लागू हुनेछ र आपतकालिन राहतकोष व्यवस्थापन समितिले सोही नियमावलीको आधारमा कोष तथा कार्य संचालन गर्ने कुराको समेत संघका अध्यक्षले जानकारी दिनु भएको छ।सर्वदलिय बैठक लगत्तै बसेको कार्यसमितीको बैठकले एन आर एन नेदरल्याण्डका सल्लाहकारहरुलाई मनोनयन पत्र वितरण गर्दै गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय समिती नेदरल्याण्डमा स्वागत तथा सम्मान गरेको थियो।
 
          यसका साथै बेलायतमा हुन गइरहेको गोर्खाकप फूटबल खेलमा NRNA  र BCN को तर्फबाट सामूहिक रुपमा सहभागी हुने टिम होल्याण्डलाई ३०० यूरो सहयोग गर्ने निर्णय गरिएको समेत अध्यक्षले बताउनु भयो।
 
 
स्रोत: अध्यक्ष गैर आवासिय नेपाली संघ
राष्ट्रिय समन्वय समिती, नेदरल्याण्ड